दिल्ली उडेको विमान प्राविधिक समस्या पछि हङकङ फिर्ता

हेटौंडा टुडे
२०८२ असार २, सोमबार १२:४५ गते

हेटौंडा ।  हङकङबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको उडान एआई३१५लाई उडानमा समस्या देखिएपछि फिर्ता भएको छ।  उडानका क्रममा प्राविधिक समस्या भएको शंका लागेपछि हङकङ फिर्ता पठाइएको हो। बोइङ ७८७–८ ड्रीमलाइनरद्वारा सञ्चालित यो उडान हङकङबाट दिल्लीका लागि प्रस्थान गरेको थियो।

पाइलटले उडानको क्रममा सम्भावित प्राविधिक खराबीको संकेत पाएपछि सुरक्षाको लागि विमानलाई हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा फिर्ता ल्याइएको एएनआईले जानकारी दिएको छ। विमान सुरक्षित रूपमा अवतरण भएको छ। हाल विस्तृत सुरक्षा जाँच भइरहेको बताइएको छ। एयर इन्डियाले यस घटनाबारे आधिकारिक बयान भने जारी गरेको छैन।

हालैको अहमदाबादमा भएको एयर इन्डिया उडान एआई१७१को दुर्घटनामा २४२ मृत्यू भएधको थियो । अहमदाबादबाट लण्डनका लागि उडान भरेको बोइङ ७८७–८ ड्रीमलाइनरले उडान भरेको केही क्षणमै दुर्घटना भएको थियो। सो दुर्घटनामा सवार २४२ जनामध्य एकजनाबाहेक सबैको मृत्यु भएको थियो। त्यसै जमिनमा थप ३८ जनाले पनि ज्यान गुमाएका थिए। यसरी यो दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७९ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*