इजरायली अस्पतालमा इरानले गर्‍यो मिसाइल आक्रमण

हेटौंडा टुडे
२०८२ असार ५, बिहीबार १३:०४ गते

हेटौंडा । इरान र इजरायलबीचको युद्ध तीव्र हुँदै गइरहेको छ । इजरायलको आक्रमणपछि इरानले आफ्नो प्रतिशोधलाई अझ उग्र बनाएको छ । आज इरानले इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ । इरानले इजरायलको एउटा ठुलो अस्पताललाई पनि सिधै निशाना बनाएको छ । इरानले इजरायलको दक्षिणमा रहेको सोरोका मेडिकल सेन्टरमा आक्रमण गरेको हो । आक्रमणपछि अस्पतालले मानिसलाई उपचारका लागि नआउन आग्रह गरेको छ । अस्पतालको वेबसाइटका अनुसार अस्पतालमा एक हजारभन्दा बढी शय्या छन् । यसले इजरायलको दक्षिणका करिब १० लाख बासिन्दालाई सेवा दिन्छ । इजरायली सेनाका अधिकारीका अनुसार, यो आक्रमणअन्तर्गत दर्जनौँ मिसाइल प्रहार गरिएको थियो । र, इजरायलभरि साइरन बजेको थियो । अरू सहरहरू तेल अभिभ र जेरुसेलममा पनि विस्फोटको आवाज सुनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*