राप्रपा र रास्वपाले गरे संसद् बैठक बहिष्कार

हेटौंडा टुडे
२०८२ असार ६, शुक्रबार १२:५२ गते

हेटौंडा।  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। बैठक सुरु भएलगत्तै दुवै दलका सांसदहरू उठेर विरोध जनाएका हुन। विरोधपछि रास्वपा र राप्रपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका हुन्। निरन्तरको अवरोधपछि सभामुख देवराज घिमिरेले आजको कार्यसूचीबाट प्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हटाइएको घोषणा गरेका छन्।रास्वपा र राप्रपा सांसदहरूले केही दिनयता संसद्‍मा वेल घेराउ गर्दै गृहमन्त्रीको राजीनामा माग्दै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*