हेटौंडा । सोमबार बिहानको बाढीले डाइभर्सन बगाएपछि नारायणगढ बुटवल सडक पूर्ण रूपमा बन्द भएको छ । पूर्वी नवलपरासी, विनयी त्रिवेणी गाउँ पालिका-३ सर्दि स्थित खोरन्डी खोलामा आएको बाढीले नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत विनय खोलाको डाइभर्सन बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो । उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सर्दिबाट सुरक्षा फौज परिचालन गरिएको छ । प्रहरीका अनुसार सडक सुचारु गर्न तीव्र प्रयास भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।
सेयर गर्नुहोस्


















