अमेरिकाले इरानमा आक्रमण गरेपछि तेलको मूल्य ५ महिना यताकै उच्च

हेटौंडा टुडे
२०८२ असार ९, सोमबार १३:४८ गते

मध्यपूर्वमा बढ्दो तनावसँगै एसियाली बजारमा सोमबार भारी गिरावट आएको छ भने तेलको मूल्य पाँच महिनाको उच्च बिन्दुमा पुगेको छ । अमेरिकाले इजरायलसँग मिलेर इरानको आणविक स्थलहरूमा आक्रमण गरेपछि ऊर्जा बजारमा अवरोधको चिन्ता बढेको हो ।  इरान विश्वको नवौँ ठूलो तेल उत्पादक राष्ट्र हो जसले दैनिक करिब ३.३ मिलियन ब्यारेल तेल उत्पादन गर्छ । त्यसको करिब आधा मात्र निर्यात गरिन्छ भने बाँकी घरेलु खपतका लागि राखिन्छ । विश्लेषकहरूका अनुसार इरानले अमेरिकाको कारबाहीको प्रतिकारमा स्ट्रेट अफ होरमुज बन्द गर्ने निर्णय गर्छ भने यो विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पार्न सक्छ। ब्रेन्ट क्रूडको मूल्य २.७ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल ७९.१२ डलर पुगेको छ भने अमेरिकी क्रूड २.८ प्रतिशतले बढेर ७५.९८ डलर पुगेको छ । एसियाली बजारमा पनि गिरावट देखिएको छ। टोकियोको निक्केई सूचकांक ०.६ प्रतिशतले घटेको छ । सियोल १.४ प्रतिशतले र सिड्नी ०.७ प्रतिशतले तल झर्यो, जापान बाहेक एशिया–प्रशान्त क्षेत्रको :SCI एससिएल सूचकांक पनि ०.५ प्रतिशतले घटेको छ । यसबीच अमेरिकी बजारले भने केही स्थिरता देखाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*