हेटौंडा । त्रिशूली नदीमा हाम फालेर एक महिला बेपत्ता भएको छ। धादिङको गल्छी गाउँपालिका–१ स्थित त्रिशूली नदीमा एक महिला हामफालेर बेपत्ता भएकी हुन । बुधबार बिहान अन्दाजी ५६ वर्षीया साइँली गिरी नदीमा हामफालेको बताइएको छ । उनी बेपत्ता भएको खबर थाहा पाए सँगै सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरीको कमाण्डामा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित गरिएको सशस्त्र प्रहरीको भनाइ छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
सेयर गर्नुहोस्


















