सरकारले लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने

हेटौंडा टुडे
२०८२ असार १२, बिहीबार ११:२८ गते

हेटौंडा ।  सरकारले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ । बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले यो घोषणा गरेका हुन् । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले भने, ‘आउने आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ ।’

सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको र विभिन्न योजनाहरु बनाएर काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए । लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको पनि उनले बताए । देशभरमा कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठूलो संख्यामा लागुऔषधको दुर्व्यसनी, भण्डारण, ओसारपसार गर्नेहरु रहेको जानकारी उनले गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*