एसइईको नजिता आजै प्रकाशन गर्ने तयारी

हेटौंडा टुडे
२०८२ असार १३, शुक्रबार १०:५५ गते

हेटौंडा। राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माका अनुसार केही प्राविधिक कुरा मिलाउने क्रम जारी रहेको र शुक्रबार दिउँसो प्राविधिक समस्या समाधान भएमा  आजै नतिजा प्रकाशित गर्ने जनाएका छन्। केही प्राविधिक विषय मिलाउन बाँकी छ, सबै मिले आजै बोर्ड बैठक बोलाएर साझ सम्म नतिजा प्रकाशित गरिने जनाइएको छ।

सकेसम्म आजै नतिजा प्रकाशित गर्ने र त्यो सम्भव नभए भोलि सम्ममा प्रकाशित हुने बताइएको छ ।यस वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ । बोर्डले हिजो मात्र नजिता हेर्न मिल्ने संयन्त्र बारे सुचना प्रकाशन गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*