हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। शुक्रवार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रवार घटेर तोलामा १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य शुक्रवार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको मूल्य तोलामा २ हजार १७५ रुपैयाँ कायम भएको थियो ।
सेयर गर्नुहोस्


















