पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध

हेटौंडा टुडे
२०८२ असार १५, आईतवार १२:३९ गते

हेटौंडा ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट-बुटवल सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । दुम्किवासको पुल भाँचिएपछि बनाएको डाइभर्सन खोलाले बगाएको र वैकल्पिक बाटो समेत अवरुद्ध हुँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।

डाइभर्सन पटक पटक खोलाले बगाएपछि पछिल्लो समय साना सवारीसाधन होङ्सी सिमेन्ट कारखानाको गेट हुँदै सर्दी भएर दुम्किवास निस्कने गरेका थिए भने ठूला सवारी साधन डाइभर्सनबाट पार हुँदै आएका थिए । वैकल्पिक मार्ग अन्तर्गत विनयी त्रिवेणी–१ स्थित खरङ्गे खोलामा पानीको बहाव बढी भएकाले अवरुद्ध भएको हो । यो क्षेत्रमा लगातार वर्षा भइरहेको छ ।  वर्षा रोकिएर पानीको बहाव कम नहुँदासम्म यहाँबाट कुनै पनि सवारीसाधन आवतजावत गर्नसक्ने अवस्था नरहेको जिल्ला प्रहरीले बताएका छन। बाटो बन्द हुँदा गाडीको लामो जाम लागेको छ भने होल्डमा रहेका सवारी साधनलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*