जिल्ला अदालत काठमाडौंबाट एक जना थुनुवा हतकडीसहित भागेको छ। आइतबार बयानका लागि अदालत पुर्याइएका पश्चिम रूकुमका २१ वर्षीय निराजंग ठकुरी (दशरथ शाही) फरार भएको जिल्ला प्रहरीले जनाएको छ । चोरी अभियोगमा जेठ ३० गते पक्राउ परेका शाहीमाथि प्रहरी वृत्त सोह्रखुट्टेबाट अनुसन्धान सम्पन्न गरी अदालतमा बयानका लागि ल्याइएको थियो। तर, शौचालय जाने बहानामा उनी अदालत परिसरबाटै हतकडी सहित भागेका हुन्। उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्


















