मुगुमा आज पनि गयो भूकम्प

हेटौंडा टुडे
२०८२ असार १६, सोमबार १०:५१ गते

हेटौंडा । आइतबार भूकम्पको धक्का महसुस गरिएको मुगुमा सोमबार पनि भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान ८ बजेर ३९ मिनेटको समयमा जिल्लाको कोटडाँडा केन्द्रबिन्दु भएर  ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। आइतबार  मुगुको जिमामा केन्द्रबिन्दु भएर  दिउँसो २ बजेर ३४ मिनेटमा  ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*