बागमती प्रदेश सभाको बैठक आज बस्दै

हेटौंडा टुडे
२०८२ असार १६, सोमबार ११:०१ गते

हेटौंडा । बागमती प्रदेशसभाको बैठक सोमबार दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ । गत असार १२ गतेका लागि तोकिएको बैठक विशेष कारणबश भन्दै सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक असार १६ गते सारिएको जानकारी गराएको थियो । आजको बैठकमा आर्थिक वर्ष २०८२र८३ को बजेटमाथि छलफल हुने कार्यसूची रहेको बताइएको छ।

बजेटमाथिको छलफल र आर्थिक मामिला तथा योजनामन्त्रीको जवाफपछि खर्च कटौतीको प्रस्तावका लागि समय प्रदान गरिने भएको छ । आगामी आव बजेट असमान रुपमा वितरण गरिएको भन्दै प्रदेश सभा सदस्यहरुले असन्तुष्टि जनाएका छन् । उता मन्त्री काफ्लेले उत्पादनसँग जोड्ने, रोजगारी, एकल अधिकारका क्षेत्र, लागत साझेदारीका योजना, कृषि, पूर्वाधार र पर्यटनलाई जोड दिएर आगामी आवको बजेट आएको बताउनुभयो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपियाँ बराबरको बजेट प्रस्ताव गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*