
हेटौंडा। आगामी श्रावण १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचारका लागि रेफर लिनु नपर्ने भएको छ। स्वास्थ्य बीमा बोर्डले ल्याएको व्यवस्थाअनुसार बिरामीले सीधै बीमा सेवा दिने स्वास्थ्य संस्थामा गएर उपचार सेवा लिन सक्ने छन्। स्वास्थ्य बीमा बोर्डले लागू गर्न लागेको नयाँ प्रणालीअनुसार अब बीमित व्यक्ति सिधै बीमा सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा गई उपचार सेवा लिन सक्नेछन्। यसअघि एक स्तरको स्वास्थ्य संस्था हुँदै अर्कोमा जान अनिवार्य रूपमा रेफरल लिनुपर्ने प्रावधान हटाइएको हो।


सेयर गर्नुहोस्