हेटौंडा । मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री शारदा मा. बि. ले शैक्षिक सत्र 2081 को SEE परिक्षामा सामुदायिक बिद्यालय तर्फ 100% नतिजा ल्याउन सफल भएकोमा विद्यार्थीहरुलाई हेटौंडा स्कुल अफ म्यानेजमेन्टले जनही २५०० प्रदान गर्ने भएको छ । आज वडा मकवानपुर गढी गाउपालिका वडा नम्बर ५ मा धदिङमा भएको हार्दिक बधाई तथा सुभकामना कार्यक्रममा बोल्दै हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सन्चालक पुरण बहादुर जोसिले २५ जना विद्यार्थी लाई जनही २५०० का दरले विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्नको लागि हैसाला स्वरुप आफुले प्रदान गर्न लागेको बताउनु भयो । सरदा माध्यामिक विद्यालयमा GPA 3.6 माथि 1 जना, GPA 3.2 माथि 3.6 सम्म 7 जना, GPA 2.8 देखि 3.2 सम्म 13 जना र GPA 2.4देखि 2.8 सम्म 4 जना जम्मा २५ जना सहित 100% नतिजा ल्याउन सफल भएको थियो ।


















