स्वास्थ्य उपचार पछि अभिनयमा फर्किँदै कमेडियन गौडेल

हेटौंडा टुडे
२०८२ असार १८, बुधबार ११:२४ गते

हेटौंडा ।  स्वास्थ्य उपचारपछि मेक्सम गौडेल अभिनयमा फर्किने भएका छन् । स्वास्थ्य समस्याका कारण केही समयदेखि अभिनय बाहिर रहँदै आएका उनले छिट्टै अभिनयमा फर्किने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो स्वास्थ्यमा सुधार आएको समेत जानकारी दिएका छन् । ‘कठिन परिस्थितिमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा साथै विभिन्न सामाजिक सञ्जालहरूबाट मेरो स्वास्थ्यको कामना गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद साथै शुभचिन्तकहरूको मायाको आभारी छु’, उनले अगाडि भनेका छन् ‘आवश्यक उपचार र केहि समयको आरामपछि म हजुरहरूले नै मन पराउनु भएको, माया दिनुभएको काममा छिट्टै फर्किँदै छु ।’

गौडेल प्याङ्क्रियाजमा घाउ भएपछि केही महिना अगाडि उपचारका लागि  दिल्लीको मेदान्त अस्पताल भर्ना भएका थिए । उनी पछिल्लो समय ‘कमेडी नाइट विथ च्याम्पियन्स’मा देखिँदै आएका थिए । नयाँ सिजनको पहिलो एपिसोड देखिनै देखिँदै आएका उनी४ एपिसोड गरेपछि बिरामी भएका थिए । ‘कमेडी नाइट विथ च्याम्पियन्स’को अहिले १४ एपिसोड समेत प्रसारण भैसकेको छ । ‘कमेडी च्याम्पियन’मा प्रतियोगीको रूपमा उदायका गौडेलले ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’मा पनि अभिनय गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*