काउली खानुका फाइदै फाइदा

हेटौंडा टुडे
२०८२ असार १९, बिहीबार १२:०९ गते

हेटौंडा। हामीले काउलीलाई केवल सामान्य तरकारीका रुपमा बुझ्दै आएका छौँ । तर वैज्ञानिक अध्ययनहरुबाट काउली निकै लाभदायक हुने तथ्य पुष्टि भैसकेको छ । काउलीमा विभिन्न खाले औषधीय गुण हुने हुनाले यसको नियमित सेवन मानव स्वास्थ्यका लागि फाइदाजनक हुने विज्ञहरु बताउँछन् । काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई वृद्धि हुन नदिई त्यहीँ निष्क्रिय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्त्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्त्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ ।

काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्बाशय र मूत्र थैलीको क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ । यसकारण जति धेरै काउलीको सेवन ग¥योे उति नै राम्रो हुन्छ । एक अध्ययनले त  हप्तामा धेरै काउलीको खपत गर्ने महिलाको स्तन क्यान्सर हुने सम्भावना ७२ प्रतिशतले कम देखाएको छ । काउलीका फाइदा यस्ता छन्ः-

  • काउलीमा हुने फाइबरले हाम्रो पाचन क्रियालाई तन्दुरुस्त राख्न मद्धत गर्दछ । यसले हामीलाई पेट सम्बन्धी रोगबाट बचाउन सहयोग गर्छ ।
  • गर्भावस्थामा समेत काउलीको सेवन लाभदायी हुन्छ । यसमा हुने भिटामिनहरु गर्भमा रहेको बच्चाका लागि हितकारी हुन्छ ।
  • काउलीको नियमित भोजनले मोटोपनाबाट छुटकारा दिलाउन समेत सहयोग गर्छ । काउली वजन नियन्त्रणका लागि निकै सहयोगी सावित हुन्छ ।
  • काउलीको सेवनले घाँटी सम्बन्धी विभिन्न खाले स्वास्थ्य समस्याबाट समेत छुटकारा दिलाउन सहयोग गर्छ ।
  • दिसाबाट रगत बग्ने तथा पाइल्स जस्ता रोगीका लागि काउलीको सेवन निकै फाइदाजनक हुन्छ ।
  • रक्तचाप सन्तुलन तथा रगतमा भएका विषाक्त पदार्थको निष्कासनमा समेत गोभी सहयोगी हुन्छ ।
  • काउलीको नियमित सेवनले कपाल झर्ने समस्या समेत घट्ने विज्ञहरु बताउँछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*