
हेटौंडा। नेपाली बजारमा आज बिहिबार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर अहिले प्रतितोला २ हजार १७० रुपैयाँ पुगेको छ।


सेयर गर्नुहोस्