प्रधानाध्यापककाे निधनमा राक्सिराङले दियाे शाेक बिदा

हेटौंडा टुडे
२०८२ असार २०, शुक्रबार ११:०७ गते

हेटौंडा।  बिहीबार राति माेटरसाइकल दुर्घटनामा निधन भएका राक्सिराङ ९ खैराङ अठारेस्थित कालिका माविका प्रधानाध्यापक दिपेन्द्र झाकाे शाेकमा राक्सिराङ गाउँपालिकाले शाेक बिदा घाेषणा गरेकाे छ ।

गाउँपालिका अध्यक्षस्तरीय निर्णयबाट आज शुक्रबार एक दिन गाउँपालिकाकाे सम्पूर्ण शिक्षण संस्थाहरुमा शाेक बिदा घाेषणा गरिएकाे प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतद्धारा जारी गरिएकाे सूचनामा भनिएकाे छ । जनकपुर-४ धनुषा स्थायी निवासी ४५ वर्षीय झाकाे बिहीबार राति हेटाैँडाकाे राप्तीराेडमा माेटरसाइकल दुर्घटनामा निधन भएकाे थियाे । झा लामाे समयदेखि खैराङकाे कालिका माविमा प्रधानाध्यापककाे रुपमा कार्यरत रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*