हेटौंडा । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज यी २४ वटा जिल्लामा बाढीको मध्यम जोखिम रहेको जनाएको छ ।
आज कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, सुर्खेट, सल्यान, रोल्पा, प्याठान, जाजरकोट, दैलेख र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना उच्च रहने छ ।
यस्तै सिन्धुपाल्चोक काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्यांग्जा, बागलुङ, पर्वत, पाल्पा र आसपासका जिल्लाका स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम मध्यम रहेको महाशाखाले जनाएको छ । भोलि र पर्सि पश्चिम सेती, महाकालीलगायतका नदीमा बहाब उल्लेख्य बढ्न सक्ने अनुमान छ । महाशाखाले मनसुन सक्रिय रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र बाढीको जोखिमबाट जोगिन पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ ।
त्यसैगरी आज ९ ठुला नदिमा पानीको बहाव उल्लेख्य बढ्ने भएकाले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।



















