हेटौंडा । साउन १ गतेदेखि एमआरपी (अधिकतम विक्री मूल्य) नराख्ने पसललाई कारबाही गरिने भएको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८२/८३ देखि प्रत्यक पसलले एमआरपी नराख्नेलाई कडा कारबाही गरीने विभागले जनाएको छ।
विभागका अनुसार नेपालमा व्यापार गर्ने व्यापारीहरुलाई पनि सहज हुने र उपभोक्तालाई पनि सहज हुने गरि अधिकतम मूल्य कति हो भनेर प्रत्येक पसलले राख्न पर्छ भन्ने कानुनमा नै छ तर, लागू गरिएको छै्न् ।’त्यस्तैले अब आउदो साउन १ गतेदेखि देशैभरीका प्रत्येक पसलले एमआरपी अनिवार्य रुपमा देखिने स्थानमा राख्न पर्ने भनेर विभागले सूचना जारी गरेर जानकारी गराएको छ । यहा सुनदेखि नुन सम्मका पसलले कति मूल्य हो भनेर उपभोक्तले थाहा पाउने स्थानमा राख्न पर्ने हो तर, हालसम्म कुनै पनि पसलले मूल्य सूची सार्वजनिक गदैनन् ।नेपालमा टोलै पिच्छे, पसलै पिच्छे अनि ठाउँ नै पिच्छे मूल्य फरक हुने गरेको ले पनि यो नियम लागु गर्न लागिएको हो ।


















