डाक्टरहरुको आन्दोलनले मारमा बिरामी, देशभर आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द

हेटौंडा टुडे
२०८२ असार २३, सोमबार ११:५६ गते

हेटौंडा । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द भएको छ । उपभोक्ता अदालतले उपचारमा लापरबाही गर्ने चिकित्सक र अस्पतालहरूलाई धमाधम क्षतिपूर्ति तिराउन थालेपछि नेपाल चिकित्सक संघको आह्वानमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।

चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत चिकित्सक संघले स्वास्थ्य सेवा बहिष्कार गर्दै दबाबमूलक आन्दोलन थालेको हो। संघले कानून संशोधनको माग राख्दै देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको जनाइएको छ। चिकित्सकले सेवा बहिष्कार गर्दा बिरामी मर्कामा परेका छन् । यो आन्दोलनमा नौवटा स्वास्थ्य संस्थाले ऐक्यवद्धता जनाएका छन् । यस आन्दोलनप्रति नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुरले पनि ऐक्यबद्धता जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*