यी जिल्लामा आज बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

हेटौंडा टुडे
२०८२ असार २४, मंगलवार १२:५० गते

हेटौंडा । देशका केही सानाठूला नदीमा आज (असार २४) पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस दिन रसुवा, नुवाकोट र धादिङमा आकस्मिक बाढीको ‘उच्च’ जोखिमको सम्भावना औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, स्याङ्जा, बागलुङ र पर्वत भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना उच्च रहने अनुमान छ ।

दार्चुला, बैतडी, डोटी, अछाम, कञ्चनपुर, कैलाली, डडेलधुरा, बझाङ, बाजुरा, सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, सल्यान, रोल्पा, प्युठान, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, रुकुम पूर्व, रुकुम पश्चिम, सोलुखुम्बु, संखुवासभा, रामेछाप र खोटाङ भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना ‘मध्यम’ रहने महाशाखाको अनुमान छ ।

b1-1751951433.jpg

b2-1751951433.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*