विपत् प्रतिकार्यमा जुट्न प्रदेश प्रमुखको अपिल

हेटौंडा टुडे
२०८२ असार २४, मंगलवार १४:४४ गते

हेटौंडा । छिमेकी देश चिनको तिब्बत क्षेत्रमा परेको ठुलो पानी पछी भोटेकोसी नदीमा एक्कासी आएको बाढिले मुख्यत बागमती प्रदेशको रसुवा जिल्लामा मानवीय तथा भौतिक क्षति भएपछी बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सबैलाई सचेत रहन र सहयोग गर्न अपिल गर्नु भएको छ ।

भोटेकोशी नदिमा बेपत्ता मध्ये केहीको शव फेला परेको खबर छ । बेपत्ता, निधन र भौतिक संरचनाको अपूरणिय क्षतीको खबरले आफू स्तब्ध भएको उल्लेख गर्नुहुदै प्रदेश प्रमुख देवकोटाले यस्तो अपिल गर्नु भएको हो । सोमबार राती चीन तर्फबाट भोटेकोशी नदीमा आएको बाढीले नेपाल चीन जोड्ने मितेरी पुल, रसुवा भन्सार कार्यालय, भन्सार यार्डमा रहेका सवारी साधन, जलविद्युत परियोजनामा क्षति र सडक बगाएको जानकारी प्राप्त भएको छ ।

‘यो विपदको समयमा पीडित प्रभावितलाई सहायता गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी तथा गैरसरकारी संघसंस्थाहरु, रेड्क्रसलगायत परोपकारी निकायहरुलाई उद्धारमा जुट्न र तयारी अवस्थामा रहन समेत विशेष अनुरोध गर्दछु’ उहाँले सार्वजनिक गर्नु भएको अपिलमा भनिएको छ । नेपालको विभिन्न जिल्लाहरुमा अहिले पनि वर्षा जारी भइरहेको छ ।

मौसम पुर्वानुमान अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहने र बागमती प्रदेशलगायतमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । विपदबाट बच्नको लागि आफू सचेत रहन र अरुलाई सहायता गर्न सबैमा उहाँले अनुरोध गर्नु भएको हो । यस्तो जोखिमको बेला नदी तटीय क्षेत्रमा बसोबास नगर्न, बाढीले बगाएर ल्याएको काठ, दाउरा बटुल्न नजान र अरु गएमा समेत रोकेर संभावित जोखिम कम गर्न सबैमा अनुरोध छ । ‘यो दु:खद घडीमा आ आफ्नो तर्फबाट विपत् प्रतिकार्यमा जुट्न सबैमा आह्वान गर्दछु । उद्दार र राहत कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित निकायहरूलाई हार्दिक आग्रह गर्दछु’ उहाँले भन्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*