वर्षाका कारण पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध

हेटौंडा टुडे
२०८२ असार २५, बुधबार १०:५७ गते

हेटौंडा। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ। लोकपथ अन्तर्गत भिमफेदी-८ गगटेमा सडकखण्ड माथिबाट लेदो सहितको पहिरो खसेको इलाका प्रहरी कार्यालय ठिङ्गनले जनाएको छ। हेटौंडाबाट काठमाडौं हिडेका सवारीलाई ठिङ्गन र हेटौंडा आउदै गरेका सवारीलाई वगुवा पारी रोकिएको जनाइएको छ। स्थानीय तहसंग सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।लोकपथ अन्तर्गत भिमफेदी-८ गगटेमा सडकखण्ड माथिबाट लेदो सहितको पहिरो खसेको इलाका प्रहरी कार्यालय ठिङ्गनले जनाएको छ।
हेटौंडाबाट काठमाडौं हिडेका सवारीलाई ठिङ्गन र हेटौंडा आउदै गरेका सवारीलाई वगुवा पारी रोकिएको जनाइएको छ। स्थानीय तहसंग सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*