प्रतिनिधि सभामा आज साइबर सुरक्षा विधेयक प्रस्तुत हुँदै

हेटौंडा टुडे
२०८२ असार २९, आईतवार १०:२८ गते

हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*