दाउन्ने सडक बिजोग अवस्थामा, आवत जावत गर्ने यात्रुहरुलाइ सास्ती

हेटौंडा टुडे
२०८२ असार ३०, सोमबार १६:३६ गते

हेटौंडा । सडक विस्तारका क्रममा रहेको पूर्व पश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा धुलो, हिलो र जामका कारण यात्रुले सास्ती भोग्नुपरेको छ । ती राजमार्ग हुदै आवात जावत गर्ने यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य छन। बर्खामा हिलो र हिउँदमा धुलो भएर अगाडिको सवारी नदेखिने अवस्था रहेको चालकहरू गुनासो गर्छन। त्यती मात्र होइन राजमार्ग छेउछाउमा होटल गरेर बस्नेहरु पनि चिन्तित छन ।

धुवाधुलो र हिलोका कारण पसल र खानाको होटलहरुमा चहलपहल धेरै नै कम भएको देखिन्छ । सडककै कारणले बिगतको तुलनामा आधा भन्दा बढि व्यापार घटेको व्यवसायीहरु बताउछन। पानि नपर्दा धुलोले गर्दा सवारी भित्र बस्न पनि असहज र श्वास लिन पनि गारो हुने अनि पानि पर्दा हिलो भएर गाडि नै चिप्लेला भन्ने डर हुने गर्दछ। विगत पाचँ सात वर्ष देखि धुलो धुँवा प्रदुषण भएकै कारण व्यापार चौपट भएको व्यवसायीहरु बताउछन। मर्मत कार्य भइरहदा पनि दाउन्ने खण्डमा भने धुलो र खाडलले सवारी सञ्चालनमा निकै असहज भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*