अमेरिकामा आफैले चलाएको कार पल्टिदा दुई नेपाली विद्यार्थीको मृत्यु

हेटौंडा टुडे
२०८२ असार ३१, मंगलवार ११:१७ गते

अमेरिकाको लुइजियाना राज्यस्थित लुइजियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ। सोमबार भएको दुर्घटनामा परी २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो । स्थानीय समयअनुसार शनिबार राति करिब ९ बजे भारी वर्षा भइरहेको बेला दुर्घटना भएको लुइजियाना राज्य प्रहरीले जनाएको छ । रोजिनको स्थायी ठेगाना दाङ, रहेको पुष्टि भएको छ भने राजन यादवको ठेगाना खुलाइएको छैन।

यादवले चलाइरहेको सन् २०१० को होन्डा एकर्ड कार युएस हाइवे ८० मा पूर्वतर्फ गइरहेको थियो । अचानक नियन्त्रण गुमाउँदा कार सडकबाट चिप्लिएर रुखमा ठोक्किएको र त्यसलगत्तै गाडीमा आगो लागेको जनाएको छ । कारमा सवार अन्य दुई जना विद्यार्थी भने घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

घटनाको थप विवरण अनुसन्धान पछि सार्वजनिक गरिने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*