आज यी ४२ जिल्लामा बाढीको जोखिम

हेटौंडा टुडे
२०८२ असार ३१, मंगलवार ११:३९ गते

हेटौंडा । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहितका ४२ जिल्लामा एल्लो अलर्ट जारी गरेको हो । आज ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, ओखलढुंगा, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ।

साथै इलाम, झापा, पाँचथर, तेह्रथुम, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, अर्घाखाँची, दाङ, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ।

यस्तै आज २१ ठुला नदिमा पानीको जलस्तर उल्लेख्य बढ्ने भएकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*