चट्टान सहितको पहिरो खस्दा कागबेनी-कोरला सडक अवरुद्ध

हेटौंडा टुडे
२०८२ असार ३२, बुधबार १२:३५ गते

हेटौंडा ।  उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडक अन्तर्गत कागबेनी-कोरला सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक बुधबार बिहानैदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कागबेनीस्थित कागखोलाबाट करिब २०० मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका हुन । केहीबेर अघि देखि सडक अवरुद्ध सडक खुलाउन डोजर सहित आवश्यक जनशक्ति त्यसतर्फ पठाइएको बताइएको छ।
मुस्ताङमा कागबेनी–कोरला सडक अवरुद्ध बनेपछि उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । माथिबाट ठूलाठूला चट्टान खसेकाले सडक खुलाउन केही समय लाग्न सक्ने अनुमान गरेको छ । तत्कालका लागि मोटरसाइकल र हलुका सवारीसाधन आवतजावत गर्न मिल्नेगरी पहिरो पन्छ्याउने काम भएको छ ।

मुस्ताङमा गए रातिको वर्षासँगै कालीगण्डकी नदीको बाहव उच्च भएको छ । यहाँ तटीय क्षेत्रका बस्तीलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*