हरिया चुरा, पोते र मेहेन्दीले बजारमा चहलपहल

हेटौंडा टुडे
२०८२ असार ३२, बुधबार १५:३७ गते

हेटौंडा । साउन महिना आउन थाले सँगै बजारमा चहलपहल बढेको छ। साउनमा महिलाहरूले हरियो चुरा, पोते, मेहेन्दी तथा हरिया कपडा लगाउने प्रचलन भएका कारण व्यापार पनि चलायमान भएको हो ।

हेटौंडा बजारमा जता ततै हरीयाली छाएको जस्तै देखिएको छ। कतिपयको हात हरीया चुरा अनि मेहेन्दीले भरीसकेको पनि छ। गलामा पनि हरीयो पोते साथै हरीयो लुगा पनि लगाउने गर्दछन।

असार महिनामै व्यापारीहरूले साउनका लागि सामान ल्याइसकेका थिए। असार अन्तिमदेखि नै महिलाहरूले साउनको किनमेल गर्न थाल्छन् । विशेष गरी हेटौंडाको बुद्ध चोकमा धेरै नै चहलपहल भएको देखिन्छ। त्यहा सँगै धेरै पसल भएकोले पनि ग्राहकहरुको बढि चहलपहल भएको हो । त्यस बाटो हुदै हिडन पनि निकै गारो हुन थालेको छ। चाडबाडको बेलामा निकै भिड हुने गर्दछ।

साउन पछि महिलाहरुको ठूलो चाड तीज आउने भएकाले चुरापोतेको व्यापार एक–दुई महिना चल्ने व्यापारीहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*