बिपि राजमार्गमा पिकअप भ्यान दुर्घटनाः एक जनाको मृत्यु, एकजना घाइते

हेटौंडा टुडे
२०८२ श्रावण ९, शुक्रबार १०:५५ गते

हेटौंडा । बिपि राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको  छ । काठमाडौंबाट बर्दिबास तर्फ आइरहेको पिक अप भ्यान बिपि राजमार्ग स्थित सुनकोसी गाउपालिका ६ सितलपाटिमा दुर्घटना हुँदा मकवानपुर मनहरी गाउपालिका- ४ का धर्मराज रेग्मिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बिहान करिब ३ बजे मृतक धर्मराजका भाइ निरोज रेग्मिले चलाएको उक्त गाडी सडकबाट करिब पाँच सय मिटर तल खोंचमा खस्दा गम्भीर घाइते भएका धर्मराजलाइ उपचारका लागि खुर्कोटस्थित सुनकोसी सामुदायिक अस्पतालमा चेकजाँच गराउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

गाडी चालक निरोजको धुलिखेल अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*