बागमती प्रदेशका ४ मन्त्रीले दिए राजीनामा

हेटौंडा टुडे
२०८२ श्रावण ९, शुक्रबार १५:३५ गते

हेटौंडा। बागमती प्रदेश सरकारका ४ जना मन्त्रीले राजीनामा दिएका छन्।  राजीनामा दिने चारै जना कांग्रेसबाट मन्त्री बनेका हुन् ।

सरकारका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री  विमल ठकुरी, आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने र युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले  पदबाट राजीनामा दिएका हुन्।  बागमती प्रदेश सरकारमा मुख्यमन्त्री सहित ८ जना मन्त्रीहरु छन्। कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउने पहलस्वरुप चार मन्त्रीले राजीनामा दिएको स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*