आइतबार सुनको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ श्रावण ११, आईतवार ११:०४ गते

हेटौंडा।  नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार ११०० रुपैयाँ घटेर तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य आइतबार तोलामा २ हजार २९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी २ हजार ३४० रुपैयाँ कायम भएको थियो । यस आधारमा चाँदी आइतबार तोलामा ५० रुपैयाँ घटेर कारोबार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*