हेटौंडा । यो समय भनेको वर्षा र गर्मीको हो। विशेषगरी यो समयमा गर्मी र दूषित पानीका कारण विभिन्न पानीजन्य रोगहरु लाग्नसक्ने सम्भावना अधिक रहन्छ। दूषित पानीका कारण यो मौसमा देखिने मुख्य रोहरु झाडापखाला, टाइफाइट ज्वरो, आउँ र हैजा जस्ता रोगहरु लाग्न सक्छ। त्यसकारण गर्मी तथा पानीजन्य रोगबाट जोगिन निम्न अनुसारका उपाएहरु अपनाउन सक्नुहुन्छ।
– पानीजन्य रोगबाट बच्नका लागि सबैभन्दा महत्त्वपूर्ण र सजिलो उपाय भनेको पानीलाई राम्रोसँग उमालेर पिउनु हो। कम्तीमा ५ मिनेट सम्म पानीलाई भकभकी उमाल्नुपर्छ।
खाना राम्रोसंग पकाएर मात्र खाने बानी बसाल्नु पर्दछ ।
– फलफुललाई सफा पानीले राम्ररी धोएरमात्र खानु पर्दछ ।
– सधैँ खाना बनाउनुअघि, खाना खानुअघि, बिरामीलाई छुनुअघि, बच्चालाई खुवाउनुअघि, चर्पी प्रयोग गरिसकेपछि, बिरामीको स्याहार गरिसकेपछि, कीटनाशक प्रयोग गरिसकेपछि, र बाहिरबाट घर आएपछि साबुन पानीले मिचिमिची हात धुनु अनिवार्य छ।
– उच्च गर्मीबाट बच्नको लागी अत्याधिक गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा बस्नु पर्दछ।
– पानीको मुहान वरपर तारजाली लगाउने र पानी दूषित हुन नदिन खुला दिसा-पिसाब गर्न तथा गाईभैँसीलाई मुहानमा आउन नदिनुहोस्।
– नियमित रुपमा पानी तथा झोलिलो पदार्थ फलफुलको रस, जुस तथा सर्बत प्रसस्त मात्रामा पिउनु पर्दछ ।
– खेतबारीमा तथा अन्य मेलापातका कामहरु सकभर बिहान वा बेलुकाको समय मिलाएर गर्नु पर्दछ ।
– सम्भब भएसम्म रुखको छहारी मुनि ,सितल ठाँउमा, चिसो ठाँउमा वा पँखा भएको ठाँउमा बस्नु पर्दछ ।
– उच्च गर्मी तापक्रमबाट जोगीनको लागी चिसो पानीले नुहाउने, आबस्यकता अनुसार चिसो पानी पट्टीको प्रयोग गर्नुपर्दछ।
– सडेगलेका, बासी, काँचो खानेकुरा तथा बजारमा माखा भन्केका खाद्य पदार्थहरू प्रयोग नगर्नुहोस्।
– किटजन्य रोगबाट बच्न घरायसी तथा बाताबरणीय सरसफाई गर्ने ।
– लामखुट्रटेले फुल पार्ने ठाँउ तथा पानी जम्मा हुने ठाँउ जस्तै टायर सिसी बोत्तल आदी हटाने, घरवरपरका खाल्डा खुल्डी पुर्ने ।
– लामो समय सम्म फ्रिजमा राखीएका खाध्य पदार्थहरु, धेरै चिसो बनाएर राखेको पानी कोक फेन्टा हरुको प्रयोग पनि सकभर नगर्ने ।
– गर्मीको समयमा बिहान वा बेलुका एक पटक पकाएर फ्रिजमा राखेको दाल भात रोटी तरकारी जस्ता खाध्य पदार्थ हरु साँझ बिहान प्रयोग नगर्ने । जस्ता साबधानी अपनायौं भने उच्च गर्मी तापक्रम वा पानी जन्य रोगबाट हुन सक्ने समस्या बाट घरयासी तहबाटै बच्न वा जोगीन सकिन्छ ।


















