मष्तिष्कलाई स्वस्थ राख्न खानुहोस यी खानेकुराहरु

हेटौंडा टुडे
२०८२ श्रावण २०, मंगलवार १५:११ गते

हेटौंडा । दिमाग वा मस्तिष्क हाम्रो शरीरको सबै भन्दा महत्त्वपूर्ण अंग हो।  मानिसका लागि शारीरिकसँगै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ । मष्तिष्कलाई स्वस्थ राख्न र स्मरणशक्तिलाई बलियो बनाउन खानपानले पनि महत्वपूर्ण भूमिका खेल्छ ।

मस्तिष्क हाम्रो शरीर को हरेक गतिविधिको लागि जिम्मेदार छ। हाम्रो दिमागले २४  घण्टा सातै दिन काम गर्छ। हामी सुतिरहेका छौं भने पनि हाम्रो दिमागले भने काम गरिरहन्छ। तर २४  घण्टा काम गर्नको लागि हाम्रो दिमागलाई ईन्धन पनि चाहिन्छ र यसले इन्धन आहारबाट प्राप्त गर्छ। दिमागलाई स्वस्थ र तेज राख्न के खानुपर्छ भन्ने बारेमा हामी सँधै दु:खित हुन्छौँ। केहि यस्ता आवश्यक खाना छन् जसलाई आफ्नो आहारमा समावेश गरेर  दिमागलाई स्वस्थ र तेज राख्न सकिन्छ।

ब्रोकली

ब्रोकली सबैभन्दा पौष्टिक तरकारीमा पर्छ। ब्रोकलीमा भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट्सको उच्च मात्रा हुन्छ। ब्रोकोलीमा भिटामिन-ई प्रचुर मात्रामा पाइन्छ जसले दिमागको विकासमा मद्दत गर्छ। ब्रोकोलीमा भरपूर मात्रामा फाइबर पाउनुको कारण  यसलाई सलाद, पास्ता, तरकारी आदिमा प्रयोग गर्न सकिन्छ।

पालुंगो 

पालुंगोमा आइरन र भिटामिन-ई पाइन्छ। पालुंगो सेवन गर्दा दिमाग मजबूत हुन्छ। यस्तै, धेरै प्रकारका पोषक तत्वहरू पालुंगोमा पाइन्छ जसले हाम्रो मस्तिष्कलाई सजिलैसँग कार्य गर्न क्षमता प्रदान गर्छ।

ड्राइ फ्रुट्स
बदाम– भिटामिन ई र स्वस्थ फ्याटले भरपूर बदामले उमेरसँगै मस्तिष्कमा देखिने ह्रासलाई कम गर्न सहयोग पुग्छ । बिहान ४/५ वटा भिजाएको बदाम खानुहोस् ।

ओखर– ओखरमा ओमेगा–३ फ्याटी एसिडले भरिपूर्ण हुन्छ । ओखरले मस्तिष्कको कार्यक्षमता र स्मरणशक्ति बढाउन सहयोग पु¥याउँछ । दैनिक २/३ वटा ओखर खानुहोस् ।

काजु– काजुमा म्याग्नेसियम र भिटामिन बी–६ पाइन्छ । यसले मस्तिष्कमा रक्तसञ्चारमा सुधार गर्छ ।

किसमिस– एन्टिअक्सिडेन्टले भरपूर किसमिसले मस्तिष्कको तनाव कम गर्छ ।

एभोकाडो

एभोकाडो फलहरू मध्ये सबैभन्दा पौष्टिक फल हो। यो फल जति खानमा जति स्वादिष्ट हुन्छ , त्यति नै हाम्रो शरीरको लागि लाभदायक हुन्छ। यसले उच्च मात्रामा एन्टिअक्सिडेन्टहरू समावेश गर्छ। भिटामिन-ई को एक राम्रो स्रोत भएकोले यस फलको  सेवनले छाला, कपाल र मस्तिष्क को विकास मा मद्दत गर्छ।

माछा– साल्मन र टुनाजस्ता माछामा ओमेगा–३ फ्याटी एसिड हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्छ ।

अण्डा– अण्डामा कोलिन नामक तत्त्व हुन्छ, जसले स्मरणशक्तिलाई बलियो बनाउँछ ।

 अङगुर– अङ्गुरले मस्तिष्कमा रक्तसञ्चार सुधार गर्छ । यसबाट स्मरणशक्ति र एकाग्रतामा सहयोग पुग्छ ।

स्याउ– स्याउमा क्वेरसेटिन नामक तत्त्व हुन्छ, जसले मस्तिष्कलाई तनाव र क्षतिबाट बचाउँछ ।

सुन्तला– सुन्तलाले मस्तिष्कको कार्यक्षमता बढाउँछ। दिनमा एउटा सुन्तला खानु लाभदायक हुन्छ । सुन्तलामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*