हेटौंडा । जेन-जीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ। घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार मृत्यु भएका व्यक्ति घाइतेहरूमध्ये एक हुन् भने अन्य ७०–८० जना घाइतेको अहिले पनि उपचार भइरहेको छ। मृतकको परिचय खुल्न बाँकी रहेको र घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी छ।
सेयर गर्नुहोस्






















