पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ जेनजी सहिदहरूको अन्त्येष्टि

हेटौंडा टुडे
२०८२ भाद्र ३१, मंगलवार १५:०६ गते

हेटौंडा। जेन-जी आन्दोलनका क्रममा मृत्युवरण गरेकाहरूको आज शवयात्रा गरिएको छ। महाराजगन्जदेखि पशुपतिसम्म शवयात्रा गरी सहिदहरूको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार पनि गरिएको छ।

मंगलबार पशुपति आर्यघाटमा ऊर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए।

जेन-जी आन्दोलनमा हालसम्म सबैतर्फका गरी ७२ जनाले ज्यान गुमाएका छन्। सयौं घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यस आन्दोलनका मृतकहरूलाई सरकारले सहिद घोषणा गरेको छ।

सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने,उनीहरूको नाममा जेनजी स्मारक पार्क बनाउने,मृतकका परिवारलाई जनही १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*