जाडो बढ्यो : कसरी रहने फिट एन्ड फाइन ?

हेटौंडा टुडे
२०८२ मंसिर १, सोमबार १३:१२ गते

हेटौंडा । देशका विभिन्न भागमा चिसो बढ्दै गएको छ । जाडो मौसम सुरु भएसँगै चिसोका कारण शरीरमा विभिन्न खाले समस्या आउँछन् । साथसाथै कतिपय अवस्थामा दैनिक जीवन कष्टकर पनि बन्छ । जाडोका बेला देखिने समस्याहरुमा सामान्य रुघाखोकीदेखि ज्वरोसम्म पर्दछन् । कसैलाई चिसोको एलर्जी हुन्छ । साथै अहिलेको समय रुघाखोकीले सताउने बेला पनि हो । मुटुका विरामीले पनि जाडोमा आफूलाई बढी ख्याल गर्नुपर्छ । वालवालिका र वृद्धवृद्धाहरुलाई पनि जाडो मौसम कष्टदायक हुन्छ ।

यद्यपि यो मौसममा केही सावधानी अपनाउने हो भने आफुलाई फिट एन्ड फाइन राख्न सकिन्छ । आफ्नो दिनचर्यालाई अरु बेला झै चुस्त र सन्तुलित राख्न सकिन्छ ।

तातो खाना

जाडोमा खाइने खानाले पनि स्वास्थ्यसँग सम्बन्ध राख्छ । जाडोमा तातो र हल्का भोजन गर्नु प्रतिरक्षा बढाउने राम्रो तरिका हो । किनकी यसले ब्याक्टेरियाबाट लड्न मद्दत गर्छ । मौसम परिवर्तनको समयमा हल्का र तातो भोजनले प्रतिरक्षा प्रणाीलाई एक तह माथि लैजान्छ ।

पर्याप्त निद्रा

आयुर्वेदमा पर्याप्त निद्रालाई सबैभन्दा राम्रो मानिएको छ । जाडो मौसममा कुनै व्यक्तिका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ ताकि प्रतिरक्षा क्षमता वृद्धि हुन सकोस ।

खानामा मसला

खानामा केहि मसला मिश्रण गर्नु पनि जाडोमा लाभदायक हुन्छ । यसले शरीरको प्रतिरक्षा क्षमता बढाउनमा सहयोग गर्छ । जीरा, बेसार, धनिया, अदुवा र मरिच जस्ता मसला आफ्नो दैनिक आहारामा समावेश गर्न सकिन्छ । यसले रुँघा तथा फ्लुको समस्या रोक्छ ।

नुहाउने  

जाडोजाडोमा पनि नुहाउन त पर्छ नै । तर, नुहाउने विधीमा सुधार गरौं । जस्तो कि, नुहाउनको लागि मनतातो पानीको व्यवस्था गरौ । त्यसमा केहि मात्रामा नुन, तुलसीको पात राखौं । यस किसिमको मिश्रण भएको पानीले नुहाउँदा पनि रोगसँग लड्ने क्षमता बढाउँछ ।

तातो तेलले मालिस

नुहाइसकेपछि शरीरको मालिस गरौं । आयुर्वेदमा प्रतिदिन आत्म-मालिसलाई प्रतिरक्षा बढाउने सबैभन्दा राम्रो विधि मानिन्छ । सूर्यमुखी वा तिलको तेल उपयोग गर्दा मांसपेशी बलियो हुन्छ । मसाजले रक्तसंचार पनि बढाउँछ । जाडोको लागि एकदमै उपयोगी कुरा हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*