आज विश्व एड्स दिवस: एचआइभी रोकथामका लागि रुपान्तरणकारी रणनीति

हेटौंडा टुडे
२०८२ मंसिर १५, सोमबार ११:२४ गते

हेटौंडा । प्रत्येक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइन्छ । यो दिवसले एचआइभीरएड्सका बारेमा जनचेतना बढाउने मात्र होइन, धेरै प्रभावित व्यक्ति, परिवार र समुदायहरूलाई कसरी रोकथाम, उपचार र सहयोग सुनिश्चित गर्ने भन्ने महत्वपूर्ण सवालमा सरोकारवालाहरुको ध्यानाकर्षण पनि गर्छ ।

एड्सबाट मृत्यु भएका व्यक्तिहरुको सम्झना गर्ने दिन पनि हो । यो वर्षको नाराले सङ्क्रमितको आवाजलाई सम्बोधन गर्दै एड्सको रोकथामका प्रयासलाई रुपान्तरण गर्ने अभियानलाई विशेष जोड दिएको छ ।

एचआइभीको प्रकोप अझै सकिएको छैन । धेरै व्यक्ति, परिवार र समुदायहरु अझै पनि एचआइभी सङ्क्रमणको जोखिममा छन् । युएनएड्सको प्रतिवेदनअनुसार सन् २०२४ को अन्त्यसम्म करिब नौ मिलियन एचआइभी सङ्क्रमितहरुले उपचार पाएका छैनन् । सन् २०२४ मा १।३ मिलियन व्यक्तिहरू सङ्क्रमित भएका थिए । राष्ट्रिय एड्स, तथा यौनरोग केन्द्रका अनुसार २०२४ को अन्त्य ३४ हजार ३३७ जना एचआइभी सङ्क्रमित भएको अनुमान रहेको छ, जसमध्ये ७७ प्रतिशतले उपचार पाएका छन् । देशका ६४ जिल्लामा ९६ एआरटी केन्द्रबाट एन्टी रेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध छ । सन् २०२४ मा मात्रै ५६९ व्यक्तिको एड्सका कारणले मृत्यु भएको अनुमान  छ । यो सन् २०१० को तुलनामा ८६ प्रतिशतले घटेको हो ।

समन्वयात्मक प्रयासको खाँचो

नेपालको एचआइभी अवस्था केन्द्रीकृत महामारी हो । उच्च जोखिममा रहेका समूहहरू जस्तै लागुपदार्थको प्रयोग गर्ने यौनकर्मी, पुरुष समलिङ्गी, तथा तेस्रोलिङ्गी यौनकर्मीमा एचआइभी सङ्क्रमण बढी छ । अहिलेसम्मको तथ्याङ्क हेर्दा लागुपदार्थ प्रयोग गर्नेमा ३ प्रतिशत, महिला यौनकर्मीमा २।२ प्रतिशत पुरुष समलिङ्गीमा ६।२ प्रतिशत, भारतमा काम गर्न जाने नेपाली कामदारमा ०.२ प्रतिशत रहेको छ ।

सरकारले सन् २०३० मा एड्सको महामारीलाई अन्त्य गर्ने महत्वाकाङ्क्षी लक्ष्य लिएको छ । अन्य मुलुकहरुमा जस्तैः नेपालले पनि एचआइभी नियन्त्रणका लागि महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । यसका लागि नीति, रणनीति र निर्देशिकाहरूको कार्यान्वयनले पनि यी उपलब्धिहरू हासिल भएका हुन् तर यी उपलब्धिलाई निरन्तरता दिन नेपालले पनि दिगो मार्गचित्रको संरचनात्मक खाका तयार गर्नुपर्ने देखिन्छ तर यसका लागि अझै पनि समन्वयात्मक प्रयास भएको छैन ।

अतिकम विकसित देशमा एचआइभी रेस्पोन्स अझै पनि जोखिममा छ किनकी उच्च जोखिममा परेका समूहहरूमा रोकथाम, परीक्षण, उपचार र आधारभूत स्वास्थ्य सेवाहरु पर्याप्त छैनन् । समुदायकै नेतृत्वमा सञ्चालित एचआइभी सेवा पनि अन्तरराष्ट्रिय रूपमै बजेट कटौतीका कारण रोकिने अवस्थामा छन् । यसले गर्दा स्वास्थ्य सेवामा पहुँच, मानवअधिकार, लैङ्गिक समानता, समावेशीता, समता, सामाजिक न्यायजस्ता सवालहरु ओझेलमा पर्दैछन् । अनि सीमान्तकृत र प्रभावित समूहहरु थप बञ्चितीकरणमा पर्ने जोखिम बढ्छ ।

२०२५ को नाराः “समानता अघि बढाऔं, एड्स समाप्त गरौँ”
यो वर्षको नाराले सबै व्यक्तिले
•    सही जानकारी,
•    परीक्षण (टेस्ट),
•    र उपचार
समान रूपमा पाउनुपर्छ भन्ने सन्देश दिन्छ।
यसले के बताउँछ भने: एचआईभी सम्बन्धी सेवा हरेक स्थान र समुदायसम्म पुग्नुपर्छ।
एचआईभी भएका व्यक्तिलाई कुनै पनि किसिमको भेदभाव हुनु हुँदैन।
युवाले सही यौन स्वास्थ्य सम्बन्धी जानकारी पाउनुपर्छ।
•    समुदायको सहभागिता अत्यन्तै महत्वपूर्ण छ।

नेपालको प्रगति
नेपालले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति हासिल गरेको छ:
•    निःशुल्क एचआईभी परीक्षण र एआरटी उपचार देशभर उपलब्ध छ।
•    आमाबाट बच्चामा सर्ने एचआईभी संक्रमण धेरै घटेको छ।
•    विभिन्न अस्पताल र स्वास्थ्य चौकीमा काउन्सेलिङ र परीक्षण सेवा उपलब्ध छन्।
•    समुदायमा काम गर्ने समूह, एनजिओ र सरकार बीच राम्रो समन्वय भइरहेको छ।
यसका कारण धेरै एचआईभीसँग बाँच्ने व्यक्तिहरू स्वस्थ जीवन बाँचिरहेका छन्।

अझै पनि चुनौतीहरू छन्
१. कलंक र भेदभाव
एचआईभी भएको कुरा लुकाउनु पर्ने जस्तो माहोल छ, जसले ढिलो परीक्षण र उपचारमा असर पार्छ।
२. जानकारीको कमी
युवा तथा ग्रामीण बस्तीमा एचआईभीबारे सही र सरल जानकारी नपाइने समस्या छ।
३. वैदेशिक रोजगारको जोखिम
विदेशमा काम गर्न जाने पुरुष तथा तिनका पत्नीहरू बढी जोखिममा छन्।
४. ढिलो परीक्षण
लक्षण देखिएपछि मात्र परीक्षण गराउने प्रवृत्तिले उपचार ढिला हुन्छ।
५. स्रोत र पहुँचको समस्या
दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी र औषधि (एआरटी) को निरन्तरता कहिलेकाहीँ चुनौती हुन्छ।

नेपालले के गर्नुपर्छ?
•    जागरूकता फैलाउने
विद्यालय, अस्पताल, समुदाय र कार्यस्थलमा एचआईभीबारे खुलेर कुरा गर्ने वातावरण बनाउनु।
•    नियमित परीक्षण प्रोत्साहन गर्ने
एचआईभी परीक्षण सरल, गोप्य र निःशुल्क छ। समयमै परीक्षण जीवन बचाउँछ।
•    एचआईभी भएका व्यक्तिलाई सहयोग गर्ने
सम्मानपूर्वक व्यवहार गर्ने, भेदभाव नगर्ने, साथ र समर्थन दिने।
•    स्वास्थ्य सेवाको गुणस्तर बढाउने
एआरटीको नियमित उपलब्धता, काउन्सेलिङ र फलोअप सेवा सुनिश्चित गर्नु।
•    युवा र समुदायलाई सक्रिय बनाउने
विद्यालयका विद्यार्थी, स्थानीय समूह र समुदाय नेताहरूले धेरै प्रभावकारी जागरूकता फैलाउन सक्छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*