जापानमा ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

हेटौंडा टुडे
२०८२ मंसिर २३, मंगलवार ११:३९ गते

हेटौंडा । जापानमा आएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। जापानको मौसम विज्ञान एजेन्सीले स्थानीय समयअनुसार सोमबार राति ११:१५ बजे भूकम्प गएको हो। भूकम्पमा कम्तीमा ३० जना घाइते भएका छन् भने हजारौं आफ्नो घर छोड्न बाध्य भएका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार  आगामी दिनमा अझ शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएका छन्। त्यस ठाउँका मानिसहरूलाई कम्तीमा एक हप्तासम्म उच्च सतर्कतामा रहन सल्लाह दिइएको छ। जापानका प्रधानमन्त्री साने ताकाइचीले भने, ‘आफ्नो भूकम्पको तयारीको पुन: मूल्यांकन गर्नुहोस् र भूकम्पको झट्का महसुस भयो भने तुरुन्तै खाली हुन तयार रहनुहोस्।’ लगभग ९० हजार मानिसहरूलाई आफ्नो घर खाली गर्न आदेश दिइएको छ ।

भूकम्पपछि, आओमोरी प्रान्तका २ हजार ७०० घरहरूमा बिजुली काटिएको थियो। आओमोरी शहरमा दुईवटा आगलागी भएका थिए। जापानी मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प जापानको मुख्य होन्सु टापुको उत्तरी टापु आओमोरीको पूर्वमा र होक्काइडो टापुको दक्षिणमा गएको हो, जसको केन्द्रबिन्दु समुद्र सतहभन्दा लगभग ५० किलोमिटर तल थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*