ठेकेदारले समयमा काम नगर्दा देश र जनतालाई घाटा भयो : मन्त्री घिसिङ

हेटौंडा टुडे
२०८२ मंसिर २३, मंगलवार १४:१३ गते

हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी सरोकारवाला निकायसँग संवाद कार्यक्रममा मन्त्री घिसिङले सरकारी ठेक्का लिएर समयमा काम नगर्दा देश र जनतालाई नै घाटा पुगेको उल्लेख गरे ।

‘ठेक्काअनुसार काम नहुँदा विकास निर्माणमा समस्या भएको छ, नेपालको कानुनले कुनै पनि काम ठेक्का विना गर्न दिँदैन, ठेक्का व्यवस्थापन नहुँदा रोजगारी, अर्थतन्त्रमा समेत असर पर्छ,’ उनले भने ।

घिसिङले ठेक्का सम्पन्न भएपछि समयमा भुक्तानी नगर्ने र निर्णय नगर्नेलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । उनले नेपालमा लगानी सम्मेलनभन्दा ठेकेदारहरूको सम्मेलन गर्नुपर्ने अवस्था रहेको उल्लेख गरेका छन् । संवादको सुरुवातमै पूर्वाधारविज्ञ एवम् पूर्वसचिव अर्जुनजंग थापाले ठेक्का तोड्ने सरकारी नीति र त्यसको प्रभावबारे प्रस्तुतीकरण गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*