हेटौंडा । हेटौंडामा रहेको सि.एम.सी. चुरेहिल अस्पतालमा पहिलो पटक घाटिको मेरुदण्ड (सर्भाइकल स्पाइन) सम्बन्धी जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । गत मङ्सिर ८ गते बागमती गाउँपालिका वडा नम्बर ५ भोर्ले निवासी – ६२ बर्षिय कालु सिंह थिंङ्ग लडेर घाटीको मेरुदण्ड भाचिए पछि उनको हेटौडामा अन्त कुनै अस्पातल उपचार सम्भब नभए पछी हेटौडामा रहेको सीएमसी चुरेहिल अस्पतालमा सफल शल्यक्रिया भएको अस्पातालले जनाएको छ । अस्पताल स्रोतका अनुसार घाटीको तीव्र समस्या र मेरुदण्डको असरका कारण पीडित एक बिरामीको अनुभवी चिकित्सक टोलीद्वारा शल्यक्रिया गरिएको हो ।
आधुनिक उपकरणको प्रयोग र एनेस्थेसिया टोलीको समन्वयमा गरिएको अप्रेसन सफल भएको अस्पतालले जनाएको छ । यसअघि यस्तो प्रकारको शल्यक्रियाका लागि बिरामीहरू चितवन , काठमाडौँ वा अन्य ठूला अस्पताल जानुपर्ने बाध्यता थियो । अब सि.एम.सी चुरेहिलमै सेवा उपलब्ध भएपछि स्थानीयवासी तथा आसपासका जिल्लाका बिरामीलाई समय, खर्च र जोखिम कम हुने अपेक्षा गरिएको छ । अस्पताल प्रशासनले यो सफलता दक्ष चिकित्सक, नर्सिङ टोली तथा व्यवस्थापनको सामूहिक प्रयासको परिणाम भएको बताउँदै आगामी दिनमा अझ जटिल शल्यसेवाहरू विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ।
स्वास्थ्य क्षेत्रमा यो नयाँ उपलब्धिलाई स्थानीयवासी, स्वास्थ्यकर्मी र सरोकारवालाहरूले सकारात्मक रूपमा स्वागत गरेका छन्। साथै पछिल्लो समय सि.एम.सी चुरेहिल अस्पतालमा भएको विभिन्न जटिल सल्यक्रियाबाट पनि मकवानपुर जिल्लाको स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि थपेको छ ।
को हुन् बिरामी, के भएको थियो घटना
घटना मङ्सिर ८ गतेको हो । बागमती गाउँपालिका वडा नम्बर ५ भोल्रे निवासी कालु सिह थिंङ्ग साझ हिड्दै गर्दा बाटो लडेपछि उनि घाईते भएका थियो तर सो साझ उनि घर मै बसेर आराम गरे तर अत्याधिक दुखाईको कारण थिंङ्ग ९ गते बिहान बागमती गाउँपालिकाको एम्बुलेन्समा हेटौडा मोडल अस्पातलमा उपचारको लागि सिधै आए तर सो अस्पातलले आफुले नसक्ने भए पछी हेटौडाको सरकारी अस्पताल हेटौडा अस्पताल रिफर गरे, सरकारी अस्पतालले पनि नसक्ने र बिरामीलाई जति सक्दो छिटो सल्यक्रिया गर्नपर्ने र धेरै जोखिम रहेको बताए पछी बिरामीको परिवारले बिरामीलाई कता लैजाने भन्दै धेरै तिर खोज खबर गर्दै गर्दा हेटौडामै रहेको सि.एम.सी चुरेहिल अस्पतालमा यो किसिमको सल्याक्रीया हुने र चितवन लागे पनि हेटौडाको सि.एम.सि चुरेहिल अस्पतालमा रहेको डा. नै चितवन गएर अप्रेसन गर्ने जानकारी पाए पछी बिरामीको परिवार र आफन्तले सि.एम.सि चुरेहिल अस्पताल लागेको थिंङ्गकि छोरी ईश्वरी थिंङ्ले हेटौडा टुडेलाई बताईन साथै आफ्नो बाबाको सि.एम.सी चुरेहिल अस्पाताल बाट नै घाटिको मेरुदण्डको शल्यक्रिया सम्पन्न भईसकेको बताईन ।
के भन्छन अस्पतालका चिकित्सक
सिएमसी चुरेहिल अस्पतालमा कार्यरत ब. हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. आकेस प्रजापति भन्छन आफुहरुले पहिलो पटक घाटिको मेरुदण्डको सफल शल्यक्रिया गरेको बताउदै यदि हेटौडामा यो अप्रेसन नभएको भए बिरामीको बाच्ने सम्भंवाना निकै न्यून रहेको बताए साथै यदि बिरामी बाचिहाले पनि हेटौडा भन्दा वाहिर बिरामीलाई लैजादै गर्दा बाटोको कारण ट्राभल गर्दा जोखिम धेरै भएकाले प्यारालाइसिस हुने सम्भावना धेरै रहेको बताए साथै उनले समयमानै बिरामी अस्पतालमा अईपुगेकाले घाटिको मेरुदण्डको सफल शल्यक्रिया सम्पन्न भएको बताए र आफूहरुले यस अस्पतालमा घाटिको मेरुदण्डको शल्यक्रिया मात्र होईन धेरै प्रकारको अप्रेसनहरु जुन हेटौडामा सम्भव छैन त्यो यस अस्पतालमा भईसकेको बताए । प्रजापतिका अनुसार केहि महिना अगाडी मात्र एक जना १३ बर्षकी बालिका जसलाई ट्याक्टरले किचेर कम्मर छेद विछ्चे अवस्थामा रहेको र जसको कम्बरको अप्रेसन (पेल्भिस फयाक्चर) को सफल शल्यक्रिया पछि ८ दिनमा डीसचार्ज गरेको प्रजापतिले बताए ।


















