हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको फोहोर संकलन तथा डम्पिङ स्थलमा हरेक वर्ष दोहोरिँदै आएको आगलागीको घटनाप्रति स्थानीय बासिन्दा तथा सरोकारवालाले कडा विरोध जनाएका छन्। फोहोर संकलन तथा डम्पिङ स्थलमा बारम्बार हुने आगलागीको घटनाले स्थानीय बासिन्दामा चिन्ता र आक्रोश बढेको छ। यो आगलागी आकस्मिक नभई उपमहानगरपालिकाको लापरवाही, अदूरदर्शी सोच र असक्षम फोहोर व्यवस्थापन नीतिको परिणाम भएको आरोप समेत स्थानीयहरुले लगाएका छन्।
डम्पिङ स्थलमा जम्मा गरिएको फोहोरबाट निस्कने ग्यास तथा प्लास्टिकजन्य पदार्थमा आगो लाग्दा वर्षेनी धुवाँ, दुर्गन्ध र विषालु ग्यास फैलिने गर्दछ। यसले स्थानीय बासिन्दाको दैनिकी प्रभावित हुनुका साथै दीर्घकालीन स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ। आगलागीका कारण श्वासप्रश्वास सम्बन्धी रोग, छाला तथा आँखाका समस्या बढ्ने गरेको छ भने बालबालिका र ज्येष्ठ नागरिकमा जटिल स्वास्थ्य जोखिम बढाएको छ। तर पनि हेटौंडा उपमहानगरपालिकाले जनताहरुको स्वास्थ्यमाथि खेलवाड गरीरहेका छन ।
प्रभावित क्षेत्रका बासिन्दाको निःशुल्क स्वास्थ्य परीक्षण, उपचार र क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने माग समेत गरीरहेका छन ।


















