अमेरिकाले गर्‍यो डिभी लोटरी बन्द गर्ने घोषणा

हेटौंडा टुडे
२०८२ पुष ४, शुक्रबार १५:४४ गते

हेटौंडा । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डीभी लटरी कार्यक्रमलाइ बन्द गर्ने घोषणा गरेका छन् । अमेरिकामा ऐतिहासिक रूपमा कम आप्रवासन दर भएका देशका नागरिकहरूलाई स्थायी बसोबासका लागि आवेदन दिन अनुमति दिने डाइभर्सिटी भिसा (डीभी लटरी) अस्थायी रूपमा बन्द गरिएको हो । ट्रम्प प्रशासनले सन् २०२७ को डिभी लटरी प्रवेश प्रक्रियामा परिवर्तन गर्ने बताएको एक महिनापछि यो घोषणा आएको हो ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सिक्योरिटी मन्त्री कृष्टी नोमले यो निर्णय ट्रम्पको निर्देशनमा लिइएको र अमेरिकी नागरिकता तथा आप्रवासन सेवालाई कार्यक्रम रोक्न भनिएको बताइन् । गोलीकाण्डमा संलग्न भएका व्यक्ति डिभी लोटरी कार्यक्रमबाटै ८ वर्षअघि अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्पले त्यस्तो निर्देशन दिएको बताइएको छ ।

गृहमन्त्री नोएमले त्यसको जानकारी आफ्नो एक्स अकाउन्टमा पोस्ट लेखेर पनि दिएकी छन्।

‘यस्तो अपराधीलाई हाम्रो देशमा पस्न दिनु हुँदैन थियो,’ उनले भनेकी छन्।

अधिकारिहरूका अनुसार क्लाउडिओ म्यानुएल नेभेस भ्यालेन्टी नाम गरेका  ४८ वर्षीय पोर्चुगिज नागरिक सन् २०१७ मा डिभीमार्फत अमेरिकामा प्रवेश गरेका थिए। अमेरिका प्रवेशको केही वर्षपछि उनले ग्रीन कार्ड पाएका थिए।  उनी २००० मा विद्यार्थी भिसामा ब्राउन विश्वविद्यालयमा स्नातकोत्तर पढ्न अमेरिका आएका थिए। त्यसको दुई वर्षमै उनी कलेजबाट बाहिरिएका थिए।

गोलीकाण्डको घटनापछि अमेरिकाले आप्रवासी नीतिमा कडाइ गरेको छ। सीमानामा पट्रोलिङ बढाउनेसँगै अन्य माध्यमबाट अमेरिका प्रवेश गर्ने माध्यममा समेत कडाइ गरेको छ। गत महिना वाशिङ्टन डिसीस्थित ह्वाइट हाउसनजिक भएको गोलीकाण्डको घटनापछि विभिन्न मुलुकहरूका नागरिकलाई अमेरिका प्रवेशमा समेत रोक लगाएको छ।

त्यस्तै विभिन्न देशका नागरिकहरूले प्राप्त गरेको ग्रीन कार्ड समेत पुनरवलोकन गर्ने निर्णय गरेको थियो।

सिबिएस न्युजका अनुसार डिभी कार्यक्रम १९९० को दशकदेखि लागू भएको थियो। जसअन्तर्गत हरेक वर्ष आप्रवासन दर न्यून भएका देशका ५० हजार नागरिक लैजाने गरेको छ।

अहिले उक्त कार्यक्रममा सहभागी हुन माध्यमिक शिक्षा अनिवार्य रूपमा पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

गृहमन्त्री नोएमले त्यस्तो घोषणा गरे पनि कार्यान्वयन पक्ष सजिलो नरहेको पनि जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*