हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिगाहामा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुुष्कर बोगटीका अनुसार अभियान नै सञ्चालन गरेर २१ बिघामा लगाइएको गाँजा र नौ बिघामा लगाइएको अफिम नष्ट गरिएको हो ।
अभियानका क्रममा राक्सिराङ गाउँपालिका–१, ६, ७ र ८ तथा कैलाश गाउँपालिका–१, २, ३, ५, ६ र ९ का विभिन्न स्थानमा गरिएको गाँजा र अफिमखेती फडानी गरी नष्ट गरिएको होे । प्रहरीका अनुसार लागूऔषध नियन्त्रण तथा समाजलाई नशामुक्त बनाउने उद्देश्यले यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।
तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी गण हेटौंडा, विपद् व्यवस्थापन गुल्म हेटौंडा तथा मातहत प्रहरी कार्यालयहरूको संयुक्त टोलीले यो अभियान चलाएको हो ।


















