हेटौंडामा नयाँ खेल मैदान बनाईने तयारी

हेटौंडा टुडे
२०८२ पुष २३, बुधबार १४:१५ गते

हेटौंडा ।  मकवानपुरको हेटौंडामा नयाँ सार्वजनिक खेल मैदान निर्माणकाे तयारी भईरहेकाे छ । हेटौँडा–४ मा अवस्थित भुटनदेवी माध्यमिक विद्यालयको पूर्वी क्षेत्रमा आधुनिक तथा बहुउद्देश्यीय खेल मैदान निर्माण गर्न लागिएको हो।

प्रस्तावित मैदानमा फुटबल, भलिबल, क्रिकेट, बास्केट बल लगायत विभिन्न खेल गतिविधि सञ्चालन गरिनेछ भने सार्वजनिक कार्यक्रम, नियमित व्यायाम तथा अन्य सामुदायिक क्रियाकलापका लागि समेत प्रयोग हुनेछ । हेटौंडा ४ नं. वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलका अनुसार हाल मैदानको प्रारम्भिक सरसफाइ कार्य अघि बढाइएको छ।

वडा, उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकारको समन्वय र सहयोगमा सुविधा सम्पन्न खेल मैदान निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष सिग्देलले बताए। मैदान निर्माण सम्पन्न भएपछि विभिन्न विद्यालय र क्लबहरूले खेल प्रतियोगिता आयोजना गर्न सक्नेछन् भने संघ–संस्था, संगठन तथा राजनीतिक दलहरूले पनि विद्यालयको नीति र मापदण्डभित्र रही कार्यक्रम गर्न पाउनेछन्।

खेल मैदानले विद्यार्थी मात्र नभई समग्र समुदायको खेलकुद र सामाजिक गतिविधिमा सकारात्मक योगदान पुग्ने विद्यालयका प्रधानाध्यापक सूर्य प्रसाद घिमिरेले विश्वास व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*