हेटौंडा । निर्वाचन आयोगले झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन शाहलाई स्पष्टीकरण सोधेको छ। सोही क्षेत्रमा उम्मेदवार रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा गरेको कमेन्टबारे उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो।
ओलीले पब्लिक डिबेटमा आउन आह्वन गरेको फेसबुक स्टाटसमा ‘हत्यारा, आतंककारी’शब्द प्रयोग गरी बालेनले कमेन्ट गरेका थिए। त्यसबाट निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को खण्ड (ठ)को प्रतिकूल हुन्छ कि हुँदैन भनेर स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ।
रास्वपाबाट झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका बालेन चुनावी अभियानमा जुटेका छन्। चुनावी अभियानकै क्रममा उनी आज सुदूरपश्चिमको कैलाली पुगेका छन्।
त्यसैगरी, महेश बस्नेत, हर्क साम्पाङलाई पनि स्पष्टीकरण स्पष्टीकरण मागेको छ।
आयोगका अनुसार उनीहरूले दिएका सार्वजनिक अभिव्यक्ति निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत रहेको भन्दै उजुरी परेको थियो। उजुरीमा उनीहरूबाट घृणात्मक, भ्रामक तथा मानहानि लगायतका अभिव्यक्ति आएको आरोप लगाइएको छ।
सोही उजुरीका आधारमा आयोगले सम्बन्धित उम्मेदवारहरूलाई तोकिएको समयभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
महेश बस्नेत भक्तपुर–२, हर्क साम्पाङ सुनसरी–१ बाट उम्मेदवार रहेका छन्।


















