आइतबार सुनको मूल्य तोलामा १८ हजार ८०० ले घट्यो

हेटौंडा टुडे
२०८२ माघ १८, आईतवार ११:१५ गते

हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १८ हजार आठ सय रुपैयाँले घटेर तीन लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ सय ६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*