हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरूबाट राजीनामा, रवाना र बिदा बन्द गरिएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ बमोजिम सशस्त्र प्रहरी बल नेपालको अधिकतम जनशक्ति निर्वाचनमा परिचालन गर्नुपर्ने भएको हुँदा माघ १९ गतेदेखि राजीनामा, रवाना र बिदा बन्द गरिएको हो ।
निर्वाचन अवधिभर सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरूको राजीनामा स्वीकृत, अन्यत्र कार्यालयमा जानको लागि रवाना नगर्ने तथा अति आवश्यक बाहेक बिदा स्वीकृत नगर्न तथा नगराउनुहुन सम्पूर्ण कार्यालयहरुलाई परिपत्र गरिएको छ।
सेयर गर्नुहोस्


















